नियम ७
श्रम इजाजतको लागि निवेदन दिनु पर्ने
(१) कुनै रोजगारदाताले विदेशी नागरिकलाई काममा लगाउनु अघि श्रम इजाजतको लागि अनुसूची-१ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा निवेदनसाथ देहायका विवरण एवं कागजात संलग्न गर्नु पर्नेछः-
(क) ऐनको दफा २२ को उपदफा (३) बमोजिम देहायका कुरा खुलार्इ प्रकाशन गरेको विज्ञापनको सक्कल प्रतिः…
(१) प्रतिष्ठानको लागि आवश्यक पद, सङ्ख्या र गर्नु पर्ने मुख्य काम,
(२) आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव तथा तालीम,
(३) छनौट विधि,
(४) दरखास्त दिने अन्तिम मिति र स्थान,
(५) दरखास्तसाथ संलग्न गर्नुपर्ने विवरण एवं कागजात आदि ।
(ख) राहदानी (कम्तीमा छ महिना म्याद भएको) को प्रमाणित प्रतिलिपि,
(ग) सम्बन्धित विदेशी नागरिकको व्यक्तिगत विवरण (बायोडाटा),
(घ) रोजगारदाताले प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर चुक्ता गरेको प्रमाण,
(ङ) खण्ड (क) बमोजिम गरेको विज्ञापन अनुसार कुनै नेपाली नागरिकले दरखास्त दिएको भए त्यस्तो दरखास्तवालाको योग्यता, दक्षता तथा श्रमिक छनौट प्रक्रिया सम्बन्धी संक्षिप्त विवरण,
(च) नेपाली नागरिकलाई दक्ष बनाई विदेशी श्रमिकलाई प्रतिस्थापन गर्ने कार्य योजना,
(झ) नेपाल सरकार, गृह मन्त्रालयको कार्य सहमति आवश्यक पर्ने भए त्यस्तो कार्य सहमतिपत्रको प्रतिलिपि।
(३) रोजगारदाताले ऐनको दफा २२ को उपदफा (३) बमोजिम प्रकाशन गरेको विज्ञापन मन्त्रालयको रोजगार पोर्टलमा समेत राख्नु पर्नेछ।